हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

क्वारेन्टिनमा बलात्कारः जनप्रतिनिधिलाई गालीगलौज र कार्यालय तोडफोड गरेको भन्दै सेवा बन्द

क्वारेन्टिन

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले अनिश्चितकालका लागि कार्यालयबाट दिइने सेवा बन्द गरेको जनाएको छ ।

Advertisement

शनिबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर १ शहीद स्मृति माविको क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौजका साथै कार्यालय तोडफोड गरेको भन्दै वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै वडाको सेवा बन्द गरेको हो ।वडाले दोषीलाई कारबाहीको मागसहित सेवा बन्द गरेको हो ।

Advertisement

वडाअध्यक्ष जनकबहादुर बमले विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन् ।विज्ञप्तिमा वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन् । वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ ।

शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति तीनजनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको हो । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)