काठमाडौं – शनिबार राति जर्मन बुन्डेस लिगा अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बायर्न म्युनिखले वोल्फ्सबर्गलाई ४–० गोलले पराजित गरेको हो ।

यस सिजनको अन्तिम खेलमा बायर्नले वोल्फ्सबर्गलाई पराजित गर्दै जर्मन बुन्डेस लिगा फुटबलको च्याम्पियन बन्यो । बायर्नलाई जित दिलाउन किङ्सलेय कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । उक्त खेलको ४ मिनेटमा नै कोम्यानले गोल गरी अग्रता दिलाए । त्यसपछि खेलको

३७औं मिनेटमा माइकलले गोल गरी बायर्नलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलका ७१औं मिनेटमा जोसुवा गुइलाभोगुईले पहेँलो र रातो कार्ड पाए । उनी मैदानबाट बाहिरिएसँगै टिम १० खेलाडीमा सीमित भयो।

त्यसपछि खेलको ७२औं मिनेटमा लेवान्डोस्कीले र ७९औं मिनेटमा मुलरले गोल गरी टिमलाई जित दिलाए । जितसँगे बायर्न बुन्डेस लिगाको च्याम्पियन बनेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार