वीरमान लामा

काठमाडौं । कराते तथा उसुका अन्तर्राष्ट्रिय खेलाडी  वीरमान लामाको आइतबार निधन भएको छ । उनको आइतबार २३ बर्षको उमेरमा काभ्रेपलाञ्चोकको बेथानचोकस्थित निवासमा निधन भएको हो । कोरोनाभाइरस कारण खेलकुदका कार्यक्रमहरु नहुँदा उनी घर पुगेका थिए । उनी आफ्नै घरमा आइतबार बिहान ओछ्यानमा नै मृत अवस्थामा फेला परेको बताइएको छ ।

सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए । तर उक्त प्रतियोगितामा उनले प्रतिस्पर्धा गर्न पाएका थिएनन् । उसु संघभित्रको विवादले गर्दा उनी इन्डोनेसिया पुगेर पनि प्रतिस्पर्धा गर्न पाएका थिएनन् । वीरमानले घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार