काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि एक सय ४१ रनको भारी अन्तरले हराएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।
कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारि खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।
तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।
आजकाे खेलमा तीन वटा रेकर्ड बनेका छन् । कप्तान मल्लकाे पहिलाे शतक हाे भने नेपालले पहिलाे विकेटका लागि गरेकाे सर्वाधिक ठूलाे साझेदारी पनि हाे । यस्तै नेपालले सर्वाधिक धेरै रनकाे रुपमा रेकर्ड बनाएकाे छ ।
जवाफमा भुटान २० ओभरमा ६ विकेट गुमाउँदा ९५ रनमा रोकियो । विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो । त्यसपछि पनि उसले एकपछि अर्को विकेट गुमाउँन पुग्यो । जसमा भुटानले ७९ रन बनाउँदा पाँच विकेट गुमायो ।