हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झन्डा

अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई बुटवल कालो झण्डा देखाइएको छ । नेपाली कांग्रेस र उसको भातृ संस्था नेविसंघका कार्यकर्ताले पौडेललाई कालो झन्डा देखाएका हुन् । गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्।

Advertisement

तिनाउ पुल नजिकै उनीहरूले अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका थिए। अर्थमन्त्री पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन्।

Advertisement

पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ। अर्थमन्त्री पौडेल बुधबार र विहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो। हालै दाङ सारिएको थियो। यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)