हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जेठ ४ मा स्थानीय निर्वाचन गर्ने प्रस्तावबारे प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए यस्तो प्रतिक्रिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या नरहेको बताए।

Advertisement

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सहमति जनाएका छन्। विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरूलाई बताएका थिए।

Advertisement

निर्वाचनका लागि समय पुग्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘अब एक सय दिनभन्दा बढी समय छ। हामी सक्छौं। जेठ ५ गते भन्दा उता जान मिल्दैन। मन्त्रिपरिषद्‌बाट निर्णय भएर आएपछि हामी तयारी अघि बढाउँछौं।’ जेठ ५ अगाडि चुनाव गर्न कानुनले पनि नछेक्ने थपलियाले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)