हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सुरु

उमनाथ भण्डारी – 
कमल । झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

Advertisement

दमक अपाङ्ग सहयोग समितिको आयोजनामा सञ्चालित तालिमको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले उद्घाटन गर्नु भएको थियो । मंगलवार बाट सुरु भएको तालिम पुस २० गते सम्म सञ्चालन हुने छ ।

Advertisement

“अपाङ्गता समावेशी न्यायमा पहँुच सहितको जनउत्तरदायी स्थानिय सरकार, दिगो भविक्ष्यका लागि अपाङ्गता भएका व्याक्तिहरुको सशक्त नेतृत्व हाम्रो सरोकार” भन्ने नाराका साथ तालिम सुरुभएको हो । तालिममा साथै प्रदेश बाट ४० जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी रहनु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई योजना निर्माणका लागि आवश्यक पर्ने सूचना, नेपाल सरकार पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय महासन्धि, सन्धि हरूले व्यवस्था गरेका कानुनहरूको कार्यान्वयन नेपालको संविधान अपाङ्गता अधिकार सम्बन्धी ऐन नियमावली र कार्यविधिले व्यवस्था गरेको अधिकार प्राप्तिका लागि वकालत गर्ने दक्ष जनशक्ति निर्माणकालागि तालिमको आयोजना गरिएको दमक अपाङ्ग सहयोग समितिका सचिव मदन कुमार बोहोराले बताउनु भयो ।

दमक नगरपालिकाले नगर भित्र वसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आई रहेको छ । दमक अपाङ्ग सहयोग समितिको आयोजनामा सञ्चालित यो तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाइ सामाजिक, राजनीतिक आर्थिक र व्यावहारिक रुपमा आफ्ना हकअधिकार प्राप्त गर्न थप सहयोग पुग्ने दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरू केही गर्न सक्दैनन् उनीहरुलाई राज्य वा सक्षम व्यक्तिले दिनुपर्छ भन्ने भाष्यलाई परिवर्तन गर्नका निमित्त अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यले पनि राज्यलाई कर तिरेर योगदान गर्न सक्छन् सामाजिक, राजनीतिक आर्थिक र व्यावहारिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूको पनि अन्य व्यक्ति सर आफ्नो रुचि अनुसारको योग्यता र क्षमता छ । त्यसलाई सतहमा ल्याएर साँच्चिकै अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति सरह सबै काम सँगसँगै गर्न सक्छन् भन्ने उदाहरण पेश दिनकालागी यो तालिम उपयोगिहुने राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक सुदर्शन सुवेदीले बताउनुभयो ।

दमक अपाङ्ग सहयोग समितिमा अध्यक्ष खगेन्द्र भट्टराइको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका पुर्व नगरप्रमुख रामेनाथ ओली, करुणा फाउण्डेसनका नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोईराला, साझेदार सस्थाहरको तर्फ बाट नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापती प्रकाश बुढाथोकी लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)