काठमाडौं, पुस २० । पछिल्ला दिनमा नेकपा भित्रको विबादका कारण तनावमा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड निकै तनावमा छन् ।

पार्टीको विबादले समस्यामा परेका प्रचण्डलाई पत्नी सीता दाहालको स्वास्थ्यले निकै पिरोलेको छ । पछिल्ला दिनमा उनको स्वास्थ्यमा थप समस्या देखिएसँगै पत्नी सीताको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आज भारत जाने तयारीमा रहेका छन् ।

आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएसँगै प्रचण्डले पत्नीलाई लिएर थप उपचारका लागि मुम्बई जान लागेका हुन् । सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेपछि प्रचण्ड प िसाथमा नै जान लागेको स्रोतले जनाएको छ ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएपनि थप उपचारका लागि त्यसतर्फ जान लागेका हुन् । मुम्बईमा सीताको उपचार कुन अस्पतालमा गर्ने तयारी भइरहेको छ भन्ने विषयमा भने अहिलेसम्म केही खुलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार