हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेशसभा बैठकमा तोडफोड गर्ने सांसद‌्‌लाई कांग्रेसले कारबाही गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा उत्रएिका सांसद्माथि कारबाही गर्ने भएको छ । सोमबार प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका तीन जना प्रदेश सांसदहरुलाई कांग्रेसले कारबाही गर्ने भएको हो ।

प्रदेशसभा बैठकमा कुर्सी र टेबल तोडफोडमा उत्रिएका प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकमाथि कारबाही गरिने केन्द्रीय अनुशासन समिति स्रोतले जनाएको छ । उनीहरुले सोमबार बसेको संसद बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानीको नाम र स्थानको विषयमा छलफल गर्न प्रस्ताव पेस गरेलगत्तै कुर्सी र टेबल तोडफोड गरेका थिए ।

Advertisement
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत तोडफोडमा उत्रिएका प्रदेशसभा सदस्यहरुमाथि पार्टीले कारबाही गर्ने बताएका छन् ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)