हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्रीको गाउँमा पूर्वराजाको बसाई

न्यूज व्यूरो- चन्द्रगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको गाउँमा यसपाली पनि पूर्वराजा ज्ञानेन्द्र शाह आएका छन् । उनी अघिल्ला भन्दा फरक राजनीतिक परिस्थितिमा यसपाली झापा आएका हुन् ।

Advertisement

प्रतिनिधि सभा विघटनले मुलुक प्रतिगमन, अस्थिरतातर्फ फर्किएको भन्दै प्रधानमनत्री ओलीको सर्वत्र विरोध भइरहेको छ । यसैबेला पूर्वराजाको महिना लामो राजनीतिक भेटघाट, मन्त्रणा आम चासोका विषय बन्नु अस्वभाविक होइन् । गएको आइतवार बुद्ध एयरबाट सिधै चन्द्रगढी ओर्लिएका पूर्वराजा दमक हिमालय टि स्टेटमा महिना दिन बस्ने कार्यक्रम छ ।

Advertisement

अर्थराजनीतिक विश्लेषक प्राडा।राजेन्द्र शर्मा भन्छन् ‘प्रधानमन्त्री ओली ‘जबज’लाई आधिकारिक सैद्धान्तिक कार्यनीति घोषणा गरेर, जबज मान्नेहरू गोलबन्द हुन आब्हान समेत गर्दैछ । जबज, मदन भण्डारीद्वारा प्रतिपादित, राजासहितको बहुदलीय शासन ब्यवस्था हो ।’ यो जबजवाला मोर्चा २०४७ साल तिर फर्केको संकेत हुनसक्ने उनको आशंका छ । यसैबेला नेपाली सेनाको पूर्वी पृतनाले बुद्धिजीवि, पत्रकारको अन्तरकृया आयोजना गरेको बताउँदै उनले भने ‘अहिलेको परिस्थितिमा यस्तो अभ्यासले अनेक आशंकाहरु जन्माउँछ ।’

दुई तिहाईको सरकारले जनताका समस्या सम्बोधन गर्न नसक्दा जनता निराश भए । जनअसन्तुष्टीकाबीच पनि ‘राजा आउ देश बचाउ’को नाराले काम गरेन । राजाको नाममा राजनीति गर्नेहरुले हिन्दु धर्मलाई मुद्दा बनाए । कांग्रेस महामन्त्री डा।शसांक कोइरालाले दक्षिणको चासोमा राजनीति गर्नेहरुलाई हिन्दु राष्ट्रको कुरा जनमत संग्रहबाट मात्र टुंगो लाग्न सक्ने जवाफ दिए । तर दक्षिणकै सहकार्यमा संविधानमा अधिकार नभएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री नै प्रतिगमनकारी बनेपछि होडबाजी नै चलेको जस्तो देखिएको छ । ‘दक्षिणका मित्रको चाहना भएतापनि यति सजिले नेपाली जनता राजतन्त्र फर्काउने पक्षमा जाँदैनन्’ प्राडा। शर्मा भन्छन् ।

पञ्चायती कालमा पूर्वका चर्चित राष्ट्रवादी विद्यार्थी मण्डलाका नेता रहेका शंकर थापाा ‘गाउँले’ भन्छन् ‘राष्ट्रको स्वतन्त्रताको चिन्ता सबैभन्दा बढी राजालाई छ, अहिलेको परिस्थितिमा राष्ट्रियताको चिन्तन गर्नुलाई अस्वभाविक रुपमा लिनुहुन्न ।’ पूर्व राजाले गर्ने राजनीतिक मन्त्रणा छलफल मुलुकमा अहिले उत्पन्न परिस्थितिका बारेमा केन्द्रित हुनसक्ने उनले बताए । राप्रपामा संलग्न गाउँलेका अनुसार पार्टीको मुख्य एजेण्डा नै राजालाई संबैधानिक रुपमा पुनःस्थापित गर्ने हो । भने ‘तर तत्कालै हल्ला गरेजस्तो सहज हुने जस्तो लाग्दैन् ।’

उनका अनुसार पूर्व राजाको यो नियमित भ्रमण हो । यस अवसरमा जिल्लागत समूहहरुले उनीसंग भेटघाट गर्ने छन् । त्यसको पूर्व निर्धारित कार्यतालिका हुन्छ । बुद्धिजीवि देखी विभिन्न तह तप्का, समूहले पालैपालो भेट गर्नेछन् । पुराना नेता, कार्यकर्तालाई बोलाइने समेत गरिन्छ । भेटको अवसरमा प्रायः राजनीतिक विषयमा नै छलफल हुनु अस्वभाविक होइन् । नेपालका राजनीतिक दलहरु जस्तै पूर्वराजा पनि मुलुकको राजनीतिमा एउटा पक्ष हो भन्ने कुरा विर्सन नहुने उनले बताए ।

पञ्चायत व्यवस्थाकालमा सकृय राजतन्त्रलाई चलायमान राख्न वर्षमा एक पटक राजा–रानीको विकास क्षेत्र भ्रमण हुने गर्दथ्यो । भारतको मुश्लिम शासनकालका इतिहास, लोककथाहरुमा बादशाहरुले दरवारमा दिवान–ए–खाश, दिवान–ए–आम आयोजना गर्ने कुरा उल्लेख पाइन्छ । दिवान–ए–खाशमा राजाका निकट भारदारहरु सहभागी हुन्थे ।

कुनै विषयमा राजाले गर्ने सुनवाईमा सरोकारवालाहरुका लागि आम उपस्थितिमा दिवान–ए–आम आयोजना हुने गरेको बुझिन्छ । त्यही परम्पराको रुपमा हुने विकास क्षेत्र भ्रमणमा आम सर्वसाधारणले राजासंग प्रत्यक्ष भेट गर्न, विन्तिपत्र मार्फत पिरमर्का सुनाउन पाउँथे । पूर्व राजाको भ्रमण त्यसैको निरन्तरता भएको ‘गाउँले’ बताउँछन् । ‘यसपालीको भ्रमण अहिलेका्े अन्योलतालाई उपयोग गर्ने विषयमा मन्त्रणा केन्द्रित हुनसक्छ’ पूर्वका एक प्राज्ञिक व्यक्तित्वको आशंका प्रकट गरे । – एच, सुब्बा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)