हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

सम्वाददाता , संखुवासभा : चैनपुर नगरपालिका मा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ।

Advertisement

गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए।

Advertisement

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको डिएस्पी मल्लले बताए। विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफीफायरिङखोलेको डिएस्पी मल्लले बताए। गोली हानाहान बाट कुनै पनि मानविय क्षति नभएको उनले बताए l

प्रहरीलेफायरिङखोलेपछि विप्लव कार्यकता भागेको प्रहरी डिएस्पी मल्लले बताए। त्यस क्षेत्रमा दुवै पक्षबाट केहीबेरफायरिङचलेको स्थानीयले बताए। प्रहरी र विप्लव कार्यकर्ता बीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना स्थल मैदानेमा शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित ६० सुरक्षाकर्मी खटाइएको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)