हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संविधानमाथि ओलीले ‘कू’ गर्दा सुवास नेम्वाङ लुकेर बसे !

नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन्। बुधबारबाट प्रतिनिधिसभा विघटनको रिटहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा ट्वीटमार्फत थापाले प्रश्नको जवाफ दिन नसकेर नेम्वाङ लुकेर बसेको अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा व्यक्त गरेका हुन्।

Advertisement

संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति थापाले आक्रोश पोखेका हुन्।

Advertisement

‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु। जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’

थापाले संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै नेम्वाङको आलोचना गरेका हुन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)