हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीकी गिता रेग्मीलाई उपचारका लागि सहयोग हस्तान्तरण

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं-४ निवासी गिता रेग्मी केही समयदेखि दुईवटा मृगौलाको विफलताका कारण उपचाररत हुनुहुन्छ। उहाँको उपचारका लागि देश तथा विदेशमा रहेका विभिन्न व्यक्तित्वहरूले सहयोग प्रदान गरेका छन्।

Advertisement

यसै क्रममा हालसम्म जम्मा भएको रु २ लाख ६४ हजार ४ सय ४१ रकम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा अध्यक्ष सन्त थापा मगर, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, भावना दाहाल तथा वडा सदस्य सुरेन्द्र बाह्रकोटी लगायत सरोकारवालाहरूको उपस्थितिमा अध्यक्ष लिङ्देनले रेग्मीलाई हस्तान्तरण गर्नुभएको छ।

Advertisement

सहयोग रकम जुट्दै गइरहेको बेला उपचाररत रेग्मीको स्वास्थ्यमा केही सुधार आएको जानकारी उहाँले स्वयं दिनुभएको छ। साथै, देश तथा विदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरूलाई उहाँले हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

गिता रेग्मीका श्रीमान वैदेशिक रोजगारका सिलसिलामा विदेशमा हुनुहुन्छ भने उहाँकी छोरी एसईई परीक्षा दिइरहनुभएको छ। रेग्मीले आफ्नो हालको हेरचाह छोरीले गरिरहेको र आफू निरन्तर डायलोसिस तथा स्वास्थ्य जाँच गराइरहेको बताउनुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)