हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा एच.पि.भी. खोप: तीन दिनमा ११३० छात्रा लाभान्वित

हल्दिबारी, २४ माघ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले सञ्चालन गरेको एच.पि.भी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान अन्तर्गत हल्दिबारीका १४ विद्यालयमा खोप लगाउने कार्य तेस्रो दिनसम्ममा ११३० छात्राहरू सम्म पुगेको स्वास्थ्य शाखाले जनाएको छ।

Advertisement

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई प्राथमिकताका साथ विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट सेवा दिइएको छ।

Advertisement

अभियान अन्तर्गत माघ २२ देखि फागुन ६ गतेसम्म निर्धारित तालिका अनुसार खोप कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी प्राप्त भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)