हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारीकी शारदा उप्रेती सहित झापाका १५ जना स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित सम्मान

झापा, २० मंसिर । २१ औं स्वास्थ्य स्वम्सेविका दिवसको अवसरमा आज झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ ।

Advertisement

कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सम्मान कार्यक्रम’ अन्तरगत स्वास्थ्य कार्यालय झापाले १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही १२ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

Advertisement

कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रामला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवललाई सम्मान गरिएको हो ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

झापाका १५ वटा पालिकामा हाल छ सय पाँच जना सामुदायिक स्वास्थ्य स्वयम्सेविकाले सेवा प्रदान गर्दै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)