हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारी एमालेको प्रतिवद्धता : विधालयमा बीमा, कृषि र पर्यटन मार्फत संमृद्धि

हल्दिवारि  १६ बैशाख । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावका लागि नेकपा एमालेको हल्दिबारी गाउँ कमिटीले उम्मेदवारहरूको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । गोलधाप चोकमा बैशाख १६ गते पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचन परिचालन कमिटी, हल्दिबारीले सो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो ।

Advertisement

सो अवसरमा हल्दिबारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बरबहादुर गिरीले अघिल्लो स्थानीय तहको चुनावबाट आफू उपाध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीमा विकास–निर्माणको नेतृत्व नेकपा एमालेले गरेको दावी गर्दै अब यसपटकको चुनावबाट आफूहरू निर्वाचित भएपछि विभिन्न पूर्वाधारहरूको विकास, आयआर्जन, सीप विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, महिला सशक्तिकरण लगायतका क्षेत्रमा गर्ने कामहरूको विवरण उल्लेख गरेका छन् ।

Advertisement

प्रतिबद्धता–पत्रमा स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको स्वास्थ्य बीमा, कक्षा– १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क, एसईई।मा उच्च अंक प्राप्त गर्ने १ जनालाई कृषि र १ जनालाई पशु–पंक्षी सम्बन्धी उच्च अध्ययन गर्न छात्रवृत्ति, एमबीबीएस तहको प्रवेश परीक्षा उत्तीर्ण गर्ने हरेक वर्ष १ जनालाई अध्ययन छात्रवृत्ति, सबै सामुदायिक तहका विद्यार्थीहरूलाई पोशाक र स्कूल–ब्याग वितरण, मावि स्तरमा नर्सिङ सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूका निम्ति निःशुल्क एम्बुलेन्स सेवा, नागरिक उपचार कोष मार्फत गम्भीर प्रकृतिका रोगीहरूलाई स्वास्थ्योपचार सहयोग, ५ वटै वडामा स्वास्थ्य केन्द्र मार्फत प्याथोलोजी ल्याब सेवा, निःशुल्क शव वाहन सेवा पनि सञ्चालमा ल्याइने लगायतका जनाकर्षक प्रतिबद्धता एमालेका उम्मेदवारहरूको सो घोषणामा उल्लेख छ ।

हल्दिबारी गाउँपालिकाको ५ वटै वडा सहित अध्यक्ष र उपाध्यक्ष समेत गरी २७ वटै पदमा एमालेका प्रत्याशी खडा गरिएका छन् । स्थानीय तह निर्वाचन परिचालन कमिटीका अध्यक्ष सोम पोर्तेलको सभापतित्वमा १ नं वडाध्यक्ष पदका प्रत्याशी एवम् एमाले। हल्दिबारी गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले स्वागत गरेको सो कार्यक्रम नरेश चुडालले सञ्चालन गरेका थिए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)