हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘अध्यादेश ल्याएर चुनाव सार्ने षड्यन्त्र हुँदैछ’ : अध्यक्ष ओली

२९ चैत्र २०७८ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन् ।

Advertisement

ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।

Advertisement

‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन रु त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’ ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)