हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अब बिगतको त्रुटि दोहर्याउदिन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अडाडि बढाउने बताउनुभएको छ । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तिहरु भएकोले अब त्यस्ता गल्तिबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताउनुभयो ।

Advertisement

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडिग जाने बताउदै थापाले परिबर्तन पश्चात् मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ति अगाडी बढाईएकोले संकटको दलदलमा भासिएको बताउनुभयो । मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रबिसं नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको बिकृती बिसङ्गतीको अन्त्यको निमित्त सक्रियता पुर्बक भुमिका खेल्न आग्रह गर्नुभयो। कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरु कमल बम , शशि भण्डारी ,दिपेश शाह,राजु गैरे, त्रिबिक्रम सिंह लगायतले बोलेका थिए ।

Advertisement

सो अबसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महासचिबमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव तेज कार्की र समीर थापा, सचिब सरोज तिमल्सिना ,अस्मिता बम, कमल सुनार, शिबराम घिमिरे ,आर्यन पाण्डे र प्रबक्तामा त्रिबिक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत,सम्पदा अधिकारी र सन्दीप खड्का रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)