नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा एमसीसी लागू हुन नसक्ने दावी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका बिरुद्ध मोर्चा खोल्नुपर्ने धारणा राख्नुभयो ।

नेपालबाट साम्राज्यबादको हस्तक्षेप रोक्नुपर्ने उहाको भनाई छ । उहाले नेपाल र नेपाली गरिव भएर समस्या नआएको भन्दै नेपालको दलाल पूँजीबादी सत्ताका कारण समस्या पैदा भएको धारणा राख्नुभयो । दलाल पूँजीबादी सत्ताले नेपाली जनतालाई लुछिरहेको उहाले बताउनुभयो ।
उहाले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेटनुपर्ने तर्क गर्नुभयो ।