बिस्णुकुमारी घिमिरे / हल्दिवारी ,झापा २३ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले हल्दिवारीका चार दिदीबहिनी मदले गाउँपालिका उपाध्यक्ष पदको लागि आकाक्षि देखिएका छ्न ।

हल्दिवारीमा एमाले बाट उपाध्यक्षका दावेदार धेरै भएपनी हल्दिवारी गाउँपालिका कार्यपालिका सदस्य तथा एमाले ४ नम्बर वडा कमिटी सचीव गितादेवी भण्डारी तिम्सिना , वडा सदस्य तथा नेकपा जिल्ला सदस्य शान्ता गौतम ,कार्यपालिका सदस्य सरिता न्यौपाने ,हल्दिवारी पार्टी सह इन्चार्ज तथा जिल्ला सदस्य ललिता बस्नेतको प्रमुख दावेदारी रहेको एमाले श्रोतले जनाएको छ ।
उनिहरु सबै एमालेका सक्रिय महिला नेत्री रहेको र जस्ले टिकट पाएपनी बिजय हासिल गराउन लागि पर्ने सक्रिय हुने जनाएका छ्न ।
हल्दिवारीमा चर्चामा आएका उपाध्यक्षका उम्मेद्बार मध्ये एमालेका चार दिदिबहिनी नै सबल र सक्रिय रहेको देखिन्छ ।
