हल्दिवारी ,१०बैशाख ।एमाले हल्दिवारीबाट डम्बरबहादुर गिरी गाउँपालिका अध्यक्षको उम्मेद्बार बन्ने भएका छ्न ।

एमाले प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार हल्दिवारी गाउँपालिका अध्यक्ष पदको लागि गिरीलाई उम्मेद्बार बनाउने एमालेले निर्णय गरेको छ ।
हल्दिवारी गाउँपालिकाको बर्तमान उपाध्यक्ष समेत रहेका गिरी एमाले सचिवालय सदस्य तथा झापा निर्वाचन क्षेत्र ३ को सचीव समेत हुन ।
युवाहरू बिच लोकपि्रय गिरीले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्ना प्रतिद्वन्दीहरुलाई १७ सय मतान्तरले हराउँदै बिजयी भएका थिए ।
