हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

घाँटी रेटी हत्या गरेको अवस्थामा फेला पर्‍यो शिक्षक श्रेष्ठको शव :विप्लवको संलग्नता हुनसक्ने प्रहरीको अनुमान

मिक्लाजुङ गाउँपालिका(१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव हात बाँधेर घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेको छ। सोही ठाउँस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाटी रेटी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। यसअघि उनको गोली हानी हत्या भएको प्रहरीले जनाएको थियो।

Advertisement

बिहान करिब सवा ७ बजे ५ जनाको समूहका आएका अपरिचित व्यक्तिहरुले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी लगेका थिए। अपहरण गरी मिक्लाजुङ गाउँपालिका–१ बर्खे गाउँस्थित जंगलमा लगेर हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको शव भेटेको थियो।

Advertisement

बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको हो। घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनको हत्यामा विप्लव नेकपाको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)