हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र

काठमाडौँ, ६ बैशाख : लामो समयदेखि राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था नेपालको राजनीतिमा हुनुपर्छ भन्दै बिभिन्न चरणमा आन्दोलनदेखि मुद्दा मामिला समेत गर्दै आएका अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ।

Advertisement

अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र आम नागरिकमा बाढ्ने ऐतिहासिक कामको शुरुवात गरेको हो।

Advertisement

पार्टीले आगामी स्थानीय तह चुनावलाई लक्षित गरी २१ बुँदे तमसुक जारी गरेको हो । तमसुकमा उल्लेख गरिएका काम निर्वाचित भएर पनि नगरेमा भोट फिर्ता लिई ५१ प्रतिशतबाट रिकल गर्न पनि भनिएको छ ।

चुनावमा मतदातालााई आकर्षित गर्न एक रुपैया पनि खर्च नगर्ने तमसुक पत्रमा उल्लेख छ । त्यस्तै पानी,स्वास्थ्य,शिक्षा र भूमिहिनलाई आवासको निर्देशिका बनाई निशुल्करुपमा उपलब्ध गराउने,सबै पालिकामा जंगली जनावरले बालीमा पु¥याउन सक्ने क्षती तत्कालै रोक्ने र रोक्न नसके सम्पूर्ण क्षति व्यहोर्ने उल्लखे गरिएको छ ।

त्यस्तै भ्यू टावर र स्वागतद्धारका लागि कुनै रकम विनियोजन नगर्ने,राजनितीक आधारमा दिएको चन्दा पुरस्कार रोक्ने र पालिकाले लगाएको दोहोरो तेहेरो कर रोक्ने पनि तमसुक पत्रमा उल्लेख गरिएको छ ।

हाल देशव्यापी भ्रमणको क्रममा पार्टीले पोखरा, हेटौडा, चितवन, निजगढ लगाएत क्षेत्रमा केन्द्रिय अध्यक्ष स्वागत नेपाल सहितको टोली नै पुगेर तमसुकपत्र मतदाताहरुलाई वितरण गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)