हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली काङ्ग्रेसका नेता नेपालको निधन प्रती काङ्ग्रेसले दुख व्यक्त गर्‍यो

नेपाली कांग्रेस झापाका नेता समाजसेवी रेवती रमण नेपालको निधन प्रती कांग्रेसले दुख व्यक्त गरेको छ ।
हल्दिवारी ४ स्थित स्वर्गीय नेपालको घरमा हिजो सातौ पुण्यतिथिको दिन नेपाली कांग्रेस झापाले शोक सभाको आयोजना गरि नेपालको देहान्तले कांग्रेसलाई मात्र नभएर रास्ट्रलाई नै ठुलो क्षती भएको भन्दै दुख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्दव थापाको नेतृत्वमा सयौं नेपाली कांग्रेसका जिल्ला, क्षेत्र,गाउँ, वडा का नेता कार्यकर्ता स्वर्गीय नेपालको घरमा आज पुगेका थिए ।
नेपाल कांग्रेस झापा का सदस्य समेत रहनु भएका नेपाललाई सालिन समाजसेवीको रूपमा चिनिने गरिन्छ ।आदिबासी जनजातीको बढि बसोबास रहेको यस क्षेत्रमा त्यो समुदायमा घुलमिल हुन सक्ने एक मिलनसार समाजसेवी साथै लोकतान्त्रीक योद्दाको निधनले कांग्रेसलाई मर्माहत बनाएको जनाएको छ
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)