हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पोखराका नेता कार्यकर्तालाई देउवाले भने – गठबन्धन जोगाउनका लागि कांग्रेस लचिलो हुनैपर्ने बाध्यता छ, त्यसलाई बुझ्नुहोस्

काठमाडौ ३० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराबाट आएका कांग्रेसका नेता कार्यकर्ताहरुलाई गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता भएको भन्दै समस्या बुझिदिन आग्रह गरेका छन् ।

Advertisement

पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दैै पार्टी सभापति समेत रहेका देउवालाई भेट्न आएका नेताहरुलाई कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नभएको समेत बताएका स्रोतले जनाएको छ ।

Advertisement

जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । त्यसलाई बचाउन कांग्रेस लचिलो बन्नै पर्ने बताएका छन् ।

देउवालाई भेट्न पार्टी केन्द्रीय कार्यालय सानेपा आएका पोखराका नेताले पोखराको मेयर माओवादी र एकिकृत समाजवादीलाई दिँदा नतिजा राम्रो नआउने भन्दै थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र त्यसको असर अर्को पटक आउने निर्वाचनमा पर्ने बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)