हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुरको मेयरमा काङ्ग्रेसका पोखरेल सर्वसम्मत उम्मेद्बार

भद्रपुरको मेयरमा काङ्ग्रेसका पोखरेल सर्वसम्मत उम्मेद्बार

Advertisement

हल्दिवारी : भद्रपुर नगरपालिकामा बलियो जनमत भएर पनि आन्तरिक कलहले नगरपालिकाको नेतृत्व लिन नसकेको नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा भने एक भएर जनता माझ जाने संकेत दिएको छ ।

Advertisement

भद्रपुर नगर प्रमुखका लागि ९ जनाले दावी गरिरहेको नेपाली काँग्रेस भद्रपुरमा सवैको सहमतिमा गणेश पोखरेललाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णयले एक भएर स्थानीय तहको निर्वाचनमा काँग्रेस जुट्ने संकेत देखिएको हो ।

नेपाली काँग्रेस नगर पार्टी कार्यलयमा उम्मेदवार छनौट कार्यदलले मेयर पदका लागि आकाँक्षी रहेका व्यक्तिहरू माझ राखेको छलफलका क्रममा पोखरेललाई प्रमुखको उम्मेदवार बनाउने सहमति जुटेको हो ।

भद्रपुर नगर प्रमुखका लागि पूर्व नगर प्रमुख भारतेन्दुकुमार मल्लिक, पूर्व नगर उपप्रमुख भक्त खवास, पूर्व नगर सभापति राजेन्द्रकुमार घिमिरे, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य गोमाकुमारी भट्टराई, युवा नेता भरत प्रसाईलगायतका व्यक्तिले दावी गरिरहेका थिए । छलफलपछि निष्कर्षस्वरूप गणेश पोखरेललाई मेयर पदमा उम्मेदवार बनाउन आकाँक्षीबीच सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)