हल्दिवारी ,२६ चैत । हल्दिवारी ३ मा राप्रपाका २ दर्जन युवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छ्न ।नेकपा एमाले ३ नम्बर वडा कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा उनिहरुलाई नेकपा एमाले जिल्ला पार्टी सचिवालय सदस्य तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरि लगायतले स्वागत गरेका थिए ।
वडा कमिटी अध्यक्ष अजित बिस्टले दिएको जानकारी अनुसार मेचे समुदायका युवाहरुले राप्रपा परित्याग गरि एमाले प्रवेश गरेका छ्न ।