हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विप्लवसँग पार्टी एकता गर्छौं : गोपाल किराँती

गोपाल किराँती

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन्।

Advertisement

यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने बताउँदै त्यसका लागि विप्लवसँग छलफल भैरहेको बताए। उनले भने, ‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ।’

Advertisement

बैठकले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने निर्णय गरिएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)