नेत्र बिक्रम बिमली। फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को एक रोमान्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलको ३९ औँ मिनेटमा एन्टोनियो नुसाको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो। तर, दोस्रो हाफको ७४ औँ मिनेटमा आइभरी कोस्टका अमाद डियालोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहेका बेला, ८६ औँ मिनेटमा स्टार स्ट्राइकर अर्लिङ हल्यान्डले निर्णायक गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।

यस गोलसँगै जारी विश्वकपमा हल्यान्डको कुल गोल सङ्ख्या ५ पुगेको छ, जुन अर्जेन्टिनाका लियोनेल मेसी (६ गोल) भन्दा मात्र एक गोल कम हो। अब क्वाटरफाइनल प्रवेशका लागि नर्वेले पूर्व विश्वविजेता ब्राजिलको सामना गर्नेछ भने आइभरी कोस्ट प्रतियोगिताबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार