काठमाडौं २५ चैत । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि राप्रपा नेपालले सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ ।

शुक्रबार निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले एमालेसँग चुनावी तालमेल विषयमा छलफल भइरहेको भन्दै तालमेल मिले आफ्ना उम्मेदवारले सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका हुन् ।

एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिएको बताएका उनले एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुग्ने जनाएका छन् ।
राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना रहेको अध्यक्ष थापाले बताएका छन् ।