हल्दिवारी , ९ बैशाख । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष होम प्रसाद चुडाल र वडा सदस्य महेशलाल मेचेले आ- आफ्नो पदबाट राजीनामा दिएका छ्न ।

राजीनामा दिएका चुडाल नेपाली काङ्ग्रेसबाट २०७४ को स्थानीय तह निर्वाचनमा उम्मेद्बारी बन्दै वडा नम्बर ४ को अध्यक्ष भएका थिए ।
त्यस्तै मेचे एमालेको प्रतिनिधित्व गर्दै वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनिहरु दुबै यहि बैशाख ३० गते हुने निर्वाचनमा वडा अध्यक्ष पदको दाबेदार रहेकोले राजीनामा दिएको बताईएको छ ।
हल्दिवारी गाउँपालिकाको कार्यालयमा उनीहरुको राजीनामा आएको र दर्ता गरिएको गाउँपालिका प्रशासकीय अधिकृत राजन न्यौपानेले बताउनु भयो ।
Post Views: 259