हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा प्रसाईं र चुडाल वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार

हल्दिवारी ,२२ चैत । नेपाली कांग्रेसका तर्फबाट झापाको हल्दीवारी २ र ४  मा क प्रसाई र चुडाल वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

Advertisement

कांग्रेसको २ नं वडा समितिले महाधिवेशन प्रतिनिधि तथा हल्दिवारी उधोग बाणिज्य संघका महासचिव कृष्ण प्रसाईलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो भने ४ नम्बर समितिले होम प्रसाद चुडाललाई उम्मेद्बार बनाउने निर्णय गरेको बताईएको छ।

Advertisement

उनीहरु दुबै गाउँपालिका अध्यक्षका दावेदार समेत रहेका थिए । चुडाल यस अघिका समेत काङ्ग्रेसबाट निर्वाचित एकमात्र हल्दिवारीका जनप्रतिनिधि हुन । उनले २०७४ को स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा बिजय हासिल गरेका थिए ।

त्यस्तै २ नम्बर वडा सदस्यमा मोहन राजवंशी , जीवन लामा र मीना विश्वकर्माको टुंगो लागेको छ भने ४ को वडा सदस्यमा भने एक दर्जन भन्दा बढी आकाक्षी रहेको बताईएको छ ।

त्यसैगरी गाउँपालिका अध्यक्षमा पार्टीका क्षेत्रीय सचीव सामाजिक अभियान्ता भुपाल बस्नेत र पार्टीका प्रदेश ” ख ” सभापति तुलसी प्रसाद ओलि दावेदार रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)