बिस्णु कुमारी घिमिरे : हल्दिवारी ,१८ चैत । नेकपा एकिकृत समाजवादी पार्टीका हल्दिबारी गाउँ कमिटी अध्यक्ष ,सचीव लगायत एमालेमा प्रवेश गरेका छ्न l

उनीहरु एमाले बिभाजन पछि समाजवादी पार्टीमा गएका थिए । हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का सचीव डम्बरबहादुर गिरिले समाजवादीका अध्यक्ष टीका संगाैला र सचीव नेत्र पौडेललाई एमालेमा स्वागत गर्दै उचित जिम्मेवारीका साथ व्यवस्थापन गर्न लागिएको बताएका छ्न ।


हल्दिवारी १ गोलधापका संगाैला र पौडेलको एमालेमा पुन : फर्काईले एमाले झन बलियो बनेको र स्थानीय निर्वाचनमा हल्दिवारीका २७ वटै तहमा बिजय हासिल गर्न थप सहयोग पुगेको एमालेले जनाएको छ । एमाले श्रोतका अनुसार राप्रपा ,काङ्ग्रेस ,माओवादी र समाजवादीका ५ सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश सहितको कार्यक्रम एमालेले चाडै आयोजना गर्न लागेको श्रोतको दावी रहेको छ।