स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वास्थ्य अवस्था विग्रिएपछि डा. केसीलाई अक्सिजन सपोर्टमा राखियो

काठमाडौं ।स्वास्थ्य अवस्था विग्रिएपछि आमरण अनसनरत डा. गोविन्द केसीलाई अक्सिजन सपोर्टमा राखिएको छ । निरन्तर छाति दुखेर सास फेर्न गाह्रो भएपछिअक्सिजन सपोर्टमा राखिएको हो । उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले केसीले औषधी लिन नमानेको बताइएको छ ।

Advertisement

चिकित्सा शिक्षा सुधारका लागि बर्षौदेखि सरकारसँग माग राख्दै उनी यस अघि पनि पटक पटक अनसा बस्दै आइरहेका थिए ।यस पटक पनि डाक्टर केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्टो मन्दिरबाट १९औं अनशन सुरु गरेका हुन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article