समाचार
हल्दिबारी संवाददाता १३ मिनेट अगाडि

रेडक्रस भद्रपुर उपशाखामा तोडफोड र चोरी, कागजपत्र छरपस्ट

भद्रपुर (झापा) । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको कार्यालयमा अज्ञात समूहले तोडफोड गरी विद्युतीय सामग्री तथा जिन्सी सामान चोरी गरेको छ ।

​कार्यालयको ढोका फोडेर भित्र पसेको समूहले विद्युत् वायरिङका तार, सिलिङ पङ्खा लगायतका सामग्री चोरी गरेको छ । चोरीमा संलग्न समूहले कार्यालयमा रहेको दराज समेत फोडेर क्षति पुर्‍याएको र कागजपत्र छरपस्ट पारेर अस्तव्यस्त बनाएको उपशाखाले जनाएको छ ।

​२०२५ सालदेखि मेची प्रादेशिक अस्पताल परिसरमा रही विभिन्न मानवीय तथा आपत्कालीन सेवा पुर्‍याउँदै आएको संस्थामा भएको यो घटनाप्रति स्थानीय स्तरमा चिन्ता व्यक्त गरिएको छ । दाताहरूबाट संकलित सहयोग र सामान्य स्रोतसाधन जुटाएर सञ्चालन भइरहेको संस्थाका करिब ८ देखि १० हजार रुपैयाँ बराबरका सामग्री चोरी भएको प्रारम्भिक अनुमान छ ।

​घटनाबारे थप विवरण संकलन तथा आवश्यक छानबिनको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)