समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नुवाकोटकी सोनिका तामाङले एकै साथ ५ शिशुलाई जन्माईन !

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा नुवाकोटकी अठ्ठाइस वर्षीया सोनिका तामाङले एकै साथ पाँच शिशु लाई जन्म दिएकी छ्न ।तामाङले साेमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएकी हुन ।

Advertisement

अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्रका अनुसार तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उहाँका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन’, उहाँले भन्नुभयो, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’

Advertisement

डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु बिरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १‍.८ किलो, दोस्राेको आठ सय ग्राम, तेस्राेको १.९ किलो र चौथाको १.६ किलाे छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गर्नुभएको थियो । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article