स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मंगलबार बिहानै थप ४ कोरोना संक्रमितको मृत्यु

nepal

मंगलबार बिहानै मोरङ, सुनसरी र चितवनमा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ । मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

Advertisement

रतुवामाई नगरपालिका – ८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले बताए । उनका अनुसार मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको उनले बताए ।

Advertisement

पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कानेपोखरीका ती पुरूष सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएका थिए ।उनमा सोमबार साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका – ८ का ४५ वर्षीय पुरुषको उपचारका लागि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article