साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : याद

बिना रोका

तिमी बिना एक्लै उद्यानभित्र फुल्न सक्दिन म
जति टाढा भए पनि तिमीलाई भुल्न सक्दिन म

Advertisement

अन्धकार छ जीवन मेरो तिमी बिना हेर बाँच्न
तिमीलाई बिर्सी अर्कैको प्रेममा झुल्न सक्दिन म

Advertisement

सम्झनाले सताउँछ सँगै हात समाई हिँडेको हामी
सुन्दर ती बगानमा अब एक्लै डुल्न सक्दिन म

तिमी मेरो मुटु तिमी नै त मेरो प्राण हौ नि प्यारा
तिमी बाहेक अरुको नयनभरि खुल्न सक्दिन म

डाहा गर्थे , देख्नेहरु हाम्रो प्रेमिल जोडी देखेर
अमृत रुपि प्रेममा कहिल्यै विष घुल्न सक्दिन म।

  • बिना रोका
    घोराही दाङ्ग।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article