समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारततर्फ जाँदै गरेका तीन युवतीको काँकडभिट्टाबाट उद्धार

पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरी माइती नेपालमा राखेको हो ।

Advertisement

उनीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका थिए । सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गर्ने बहाना बनाएका उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले फेला पारेको थियो ।

Advertisement

तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उनले कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको जानकारी दिए।

उनले यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनाको रोकथाम र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गरी ल्याइएको बताए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article