हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अन्ततः म पनि काेराेना पाेजिटिभ भए ! छिटै काेराेना जितेर बिरामीको लागि प्लाज्मा डाेनेट गर्नेछु !!

काेभिड १९ अर्थात काेराेना संक्रमण बढेसंगै चैत्र महिनामा लकडाउन शुरु भयाे।लकडाउन संगै सबैकाे जनजीवन अस्तव्यस्त भयाे।नियममित रक्तदान कार्यक्रम नहुँदा रगत व्यवस्थापनमा म र मेराे संस्था नेपाल स्वयम्सेवी रक्तदाता समाज अग्रपंक्तिमा रह्याै।

Advertisement

रगत तथा रक्ततत्त्व अभाव हुन दिएनाै।यस अवधिमा मात्रै म स्वयंले २ पटक रक्तदान गरीसकेकाे छु।लकडाउनकै समयमा मेराे नेतृत्वमा जिल्ला सहकारी संघ,बचत तथा ऋण सहकारी संघ लगायत अन्य प्रारम्भिक सहकारी संस्थाहरुकाे सहयाेगमा रुपन्देही जिल्लाकाे दक्षिण भेग सम्मरीमाई,काेटईमाई,मर्चवारी गाउँपालिकामा स्वास्थ सामाग्री वितरण गर्न गयाैं।

Advertisement

ललकडाउन हट्याे,संक्रमित संख्या झन बढ्दै गयाे।मेराे दैनिकी उस्तै नै थियाे।काेराेना बिरामीलाई प्लाज्मा थेरापिकाे कुरा अायाे।डा.सम्राट पराजुली,डा.प्रशान्त अाचार्यले यसमा मलाई नेतृत्वमा रहेर काम गर्न अनुराेध गर्नुभयाे।हालसम्म ८८ जनाले प्लाज्मा डाेनेट गरीसकेका छन।हिजाेमात्रै पनि एकजना बिरामी icu बाटै अाफैले फाेन गरेर प्लाज्मा व्यवस्थापन गर्न अनुराेध गर्नुभयाे,साँझ उहाँलाई व्यवस्था भयाे।

यसरी खटिरहँदा घरपरिवार,ईष्टमित्र,साथीहरू सबैले सुरक्षित रहन अनुराेध गर्नुभएकै थियाे।म सजग नै थिए।

बिगत ४/५ दिनदेखि शरीर केही अस्वस्थ भएकाे महसुस भैराखेकाे थियाे।माैसम परिवर्तनकाे कारणले हाेला भनेर अाफ्नाे दैनिकी यथावत राखेकाे थिए।तर डक्टरकाे सल्लाह अनुसार हिजाे चेक गराउँदा पाेजिटिभ देखियाे।

म हाेम अाईसाेलेसनमा छु।स्वस्थ छु।शुरुमा फेसबुकमा नराख्ने निर्णय गरेकाे थिए तर मनले मानेन।यस अवधिमा मेराे संपर्कमा रहनुहुने सबैलाई सतर्क बनाउनकाे लागि मात्रै यसरी फेसबुकबाट जानकारी गराएकाे छु।

हिजाे धेरैले फाेनबाट,फेसबुक मार्फत स्वास्थ लाभकाे कामना गर्नुभएको थियाे सबैलाई विशेष धन्यवाद।म छिटै काेराेना जितेर अाउनेछु, र काेराेना बिरामीको लागि प्लाज्मा डाेनेट गर्नेछु।

  • कृण चौहान , अध्यक्ष – नेपाल स्वयंसेवि रक्तदाता समाज ,रुपन्देही – बुटवल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)