स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरसको संक्रमण ,कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं  l नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ।

Advertisement

बिहिबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

Advertisement

 

जसमा पुरुष २८ सय ३ र महिला १५ सय ६१ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६ सय ७५ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ? तलको तालिकामा हेर्नुहोस्

1.jpg

2.jpg

3.jpg

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article