स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा !

कोरोनाबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी वीर अस्पतालमा भर्ना भएकी थिइन । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको हो ।

Advertisement

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् ।

Advertisement

उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article