साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता लोक छ्न्द : ” रोजगार”

– राज कुमार कार्की 

Advertisement

रोजगारको जीवनमा दुखै दु:ख सधैं भरि ।

Advertisement

पसिनाको मूल्य जीवनमा मीठो सुख मिल्दा खेरि।।

आनन्दले जीवनलाइ स्वर्गको फूलबारी बनाउदछ।

मेहनतले सपनाको फूलबारी राम्रो सजाउँदछ।।

बन्द भए उद्योग धन्धा कलकारखाना देशमा सब।

रोजगार छैन अब हाम्रो देशमा बिदेश जान्छन् तब।।

हाम्रो देशमा बेरोजगारको कारखाना मात्रै भए ।

बालबच्चा परिवार पाल्न सबै बिदेश गए ।।

सरकार गर्दछ भाषण बिदेश नै नपठाउने कुरा ।

रोजगार नै दिन्छौं सबलाई देश भित्र अब पुरा ।।

जनताहरु भन्दैछ्न है बल्दैन हाम्रो चिसो चुलो।

भ्रष्टाचारमा लिप्तछन् सब भाषण मात्रै ठूलो ठूलो।।

भुन्टे सानी पनि स्कुल पढ्नलाई अघि गए ।

तेहिभएर गलत काम गर्ने माथि औंला ठड्याए।।

अर्थ मन्त्री भन्दै छन् त रेमिटेन्स माथि मात्रै छ भर।

सजिलोसँग जान देउ कामदार गाह्रो साह्रो नबनाएर ।।

देशमा सब कलकारखाना बन्द हुँदै समाप्त भए ।

आफ्नो परिवार पाल्नलाई रामे काली बिदेश गए।।

गर्दा खेरि गाउघर भयो सब झलमल ।

सकारात्मक सोचाइ छैन सरकार झन् अलमल ।।

कस्तो बिडम्बना निजी क्षेत्रले फ्री भिसा फ्री टिकट ल्याउने।

सरकार भने कामदार सग पैसा लिइ बिदेश पठाउने ।।

सरकार ब्यापारी हो कि के हो बुझ्नै पो गाह्रो ।

कामदार माथी शोषण भयो आवाज उठाउ साह्रो।।

अरु देशमा तीन महिना पछि सरकारले लिन्छ जिम्मा ।

हाम्रो देशमा हेर्दा खेरी सरकारको आखा चिम्म।।

कागजपत्र मात्र प्रमाणित गर्छ लिदैन् केहि जिम्मा।

। रोजगारको गर सरकार सबैको नै अब वीमा ।l

चाडो गर्नु पर्छअब त नाघिसक्यो समय सीमा ।।

सरकार राजस्व मात्र लिएर प्रमाणित मात्र गर्ने ।

कामदारको रोजगारी टुट्दा खेरी क्षति नभर्ने।।

भाषणमा ठूला ठूला कुरा मात्र सधैं गर्ने ।

भन्छ जहिले निजी क्षेत्र क्षतिपूर्ति सधैं भर्ने ।।

दायित्व नै नलिने भए प्रमाणित मात्र किन ।

सक्नुपर्छ सरकारले कामदारलाई क्षतिपूर्ति दिन।।

रोजगार दिलाउने काम्पनीका मालिक सब बेरोजगार भए ।

आत्महत्या गर्न सक्छन् पचास लाख फिर्ता नै नपाए।।

करोडौंको बैंक ग्यारेन्टी दिएको छ हामीले सब।

चाडो फिर्ता गर सरकार हाम्रो नै हो पैसा अब ।।

कोरोनाको कहरमा बिदेश जान्छन् सब हेर ।

देश छाड्नु परेको छ रोजी रोटी नभएर ।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article