हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालकाे जनगणना २०७८का सन्दर्भमा अन्तरक्रिया

 झापा/नेपालकाे जनगणना २०७८का सन्दर्भमा हिन्दु धर्ममाथिका चुनाैती र सांस्कृतिक अतिक्रमणहरु बिषयक अन्तरक्रिया कार्यक्रम शनिवार श्री कृष्ण प्रणामी सेवा समितिका पदाधिकारीहरुसँग विश्व महासंघकाे कार्यालय बाँसबारीमा सम्पन्न भयाे ।
श्रीकृष्ण प्रणामी सेवा समितिका उपाध्यक्ष श्री श्याम कृष्ण शर्मा, श्री कृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष श्री नमराज ढकाल , तथा समितिका पदाधिकारी भाेला दाहाल लगायतले जनगणनाकाे नाममा भएको सांस्कृतीक अाक्रमणकाे विरुद्धमा विश्व हिन्दुमहासंघले सम्पूर्ण धार्मिक समाज एकजुट गराइ अगाडि बढ्नु पर्ने र त्यसका लागि श्री कृष्ण प्रणामी सेवा समिति महासंघकाे संस्थापक सदस्यकाे हैसियतले सधैंभरि साथमा रहने विचार समितिका उपाध्यक्ष श्यामकृष्ण शर्माले ब्यक्त गर्नु भयाे ।
नेपाल सरकारले तयार गरेकाे जनगणना फारमकाे उद्देश नै हिन्दुकाे संख्या तल देखाउने र हिन्दु तथा बाैद्ध धर्मावलम्बी माथि अाक्रमण गर्ने सरकारकाे उद्देश्य विरुद्ध सम्पूर्ण युवाहरु एकजुट हुने प्रति बध्दता परिषद्का अध्यक्ष नवराज ढकालले ब्यक्त गर्नु भयाे ।
जनगणना २०७८का सन्दर्भमा सम्पूर्ण अाफ्ना सदस्य संस्थाहरु तथा विभिन्न सांस्कृतीक समूहहरु सँग रणनीतिक अन्तरक्रिया तथा छलफलहरु भई रहेको हुदाँ छिट्टै नै कार्यक्रमहरुका माध्यमबाट अगाडि बढ्ने बारेमा महासंघको धारणा रहेको छ।
हिन्दु महासंघका अन्तर्राष्ट्रिय सचिव अमर केसर सिंह, काेषाध्य श्याम सुन्दर क्षेत्री , नेपाल राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डे , अध्ययन अनुसन्धान समितिका सह संयाेजक दीपक सुवेदी, गाैरक्षा अभियान भारतका डा. पि के ठाकुरले अा-अाफ्नाे विचार राख्नु भयाे । उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै महासचिव अस्मिता भण्डारीबाट कार्यक्रमकाे समापन भयाे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)