समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

कमला भट्टराई झाला। पाँचथर फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फोको झापास्थित आफन्तको घरमा आएका बेला करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

तुम्बाहाम्फो झापा बिर्तामोडस्थित आफ्नो सानीआमाको घरमा केही दिन अगाडि आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनी माछा मार्न गएका थिए । नालामा विद्युत प्रवाह गर्दै माछा मार्ने क्रममा उनलाई साँझ ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । तुम्बाहाम्फोसँगै माछा मार्ने क्रममा स्थानीय हरिप्रसाद रिमाललाईसमेत करेन्ट लागेको थियो । घाइते अवस्थाका रिमालको भने बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article