हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाको लापरबाहीको कारण जनता लाई सास्ती : गिट्टी बालुवा जनताले कहिले पाउँछन् ?

हल्दिवारी गाउँपालिकाको उत्पन्न बिवाद्का कारणले स्थानीय रूपमा बिकास निर्माण तथा कामकारबाहीहरु ठप्प हुने अवस्थामा पुगेका छ्न ।गाउँपालिकाले लगाउनु पर्ने खोला नालाको ठेक्का असोज सकिन लाग्दा समेत नलगाएको कारण जनताले बनाउदै गरेका घर तथा स्थानीय बिकास निर्माणलाई असर पुगेको स्थानीय हरु बताउँछन् ।
गाउँपालिका ठेक्का पनि नलगाउने स्थानीय खोलाबाट बालुवा गिट्टी समेत बोक्न नदिने भएपछि स्थानीय जनता जनप्रतिनिधि प्रती आक्रोशित हुँदै गएका छ्न ।गाउपालिकाले स्थानीय प्रहरी नै लगाएर स्थानीय देउनिया खोलाबाट बालुवा गिटि ल्याउने स्थानीय जनताका ट्याक्टर समाउदै ५ हजार जरिवाना लिदै छोड्न थालेपछि जनता हरु हल्दिवारी गाउँपालिका प्रती रुष्ट बन्दै गएका हुन ।
गाउँपालिकाले चालुआर्थिक बर्ष ०७६/०७७ को देउनिया खोलाको ठेक्का समेत भद्रपुर नगरपालिका लाई उठाउन दिएकोमा हाल आएर नगर पालिकाबाट पाउनु पर्ने करिब १५ लाख रकम समेत नपाएको गाउँ पालिका श्रोतले जनाएको छ ।
हल्दिवारी गाउँपालिकाको सातौ गाउँ सभाबाट उत्पन्न बिवाद असोज सकिन लाग्दा समेत समाधान हुन नसक्नु र जनता का काम कारवाही रोकेर जनताका मालिक हौ भन्ने यहाका जनताका प्रमुख जनप्रतिनिधिले के गर्न खोजेका हुन ? जनता जान्न चाहन्छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)