दिनेश कार्की गाईघाट /सनसरीको धरान उपमहानगरपालिका –१५ बिशालचोकका ३८ वर्षीय विजयकुमार रोक्का लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।

को १० प ६२५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले धरानकै साम्पाङ चोकबाट सोमबार राति ८ बजेतिर पक्राउ गरेको हो ।


रोक्काको साथबाट १२ ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगर र १० हजार नौ सय ६० रुपैयाँ बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनले शरीरका लुकाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । रोक्काविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थाल्ने भएको छ ।
