स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संखुवासभा जिल्ला अस्पताल सिल

 झापा / जिल्ला अस्पताल खाँदबारीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालले आकस्मिक र प्रसूति सेवा बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

Advertisement

आइतबार स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिका पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरेको हो ।

Advertisement

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. शुन्दर श्याम झाले बताए । उनीहरुको नतिजा नआएसम्म अस्पतालका सेवा बन्द गरिएको उनले जनाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article