साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : “आवाज”

राज कुमार कार्की 

Advertisement

सुके सबका थुकहरु निस्कदैन अब फेरि स्वर ।

Advertisement

रित्तिए मानिसका खल्तीहरु कसलाई लगाउ चोर।।

देशमा उद्योग ब्यबसायहरु बन्द नै भए हजुर अब ।

डुब्यो देशको अर्थतन्त्र स्वप्निल भए अर्थशास्त्री सब।।

कोरोनाको कहरमा कसैलाई भने छ सधैं नै दशै ।

सन्सार भरी कोरोना छ कता जाने होला बसाइँ ।।

सरकार छ यहाँ तर किन हो सरोकार नै छैन फेरि ।

बाहिर जाउ कोरोना घरभित्रको आवाज सुनिदैन हेरि।।

बहिरो नै छ यहाँ सरकार लङ्गडो नै भए जनताहरु जहिले।

गाली नगर्नुहोस् मलाई सबको मनको पिडा खोलिदिए अहिले।।

बन्द नै भयो हजुर श्री पशुपतिनाथको मन्दिर जहिले।

खान नै नपाइ पलायन भए बादरहरु सिंहदरबार तिर अहिले ।।

निदायो सिंहदरबार निस्कन नै छाड्यो किन हो स्वर ।

रित्तो नै भो ढुकुटी भन्दछ्न कसलाई लगाउ चोर ।।

कता गयो समाजवाद ,साम्यवाद नै भयो फ्यूजन।

सुतिरहे जनताहरु मुस्किल नै भयो फेरि बिउँझन।।

सुनिदैछ सहमति भयो रे इजरायल सँग भरखर।

कामदारहरु सँग पैसा लिएर गर्दैछ सरकार ब्यापार ।।

जोर हो कि बिजोर के हो थाहा नै भएन कोरोना ।

नगर अब त लकडाउन जनता लागे भोकले मरन।।

सुन्दैन आवाज उद्योगी ब्यापारी कसैको सरकार ।

उठौ जागौ सब मिली देश नै बचाउनु पर्दछ भरखर ।।

राजतन्त्र गयो हजुर तर किन हो राजा नै गएनन् ।

जनताको दु:ख बुझि आवाज सुन्ने कोहि भएनन् ।।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article