राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बृहत् प्रजातान्त्रिक माेर्चा निर्माण गराैं : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।
अध्यक्ष थापाले देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन्।
kamal thapa
थापाले ट्विटरमा लेखेका छन्, ‘सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त र प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु।’
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article